जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। मस्तिष्कघात भइ बयोधा अस्पतालमा उपचाररत टुहुरेको उपचारकै क्रममा आज १२ः३० बजे निधन भएको संगीतकार राजेश थापाले जानकारी दिएका छन् ।

दश दिनअघि कलंकीस्थित घरमा बेहोस भएर लडेपछि ७६ वर्षीय टुहुरेलाई अस्पताल पुर्याइएको थियो। उनको आइसियुमा उपचार भइरहेको थियो। चिकित्सकका अनुसार टुहुरेको मस्तिष्क सुन्निदै गइरहेको र बढी उमेर भएको कारणले उनको अप्रेशन गर्न सम्भव थिएन । सुनसरीको धरान घर भएका टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका हुन् ।

उनले ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ, यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ जस्ता लोकप्रिय गीत गाएका छन् । टुहुरेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । त्यसअघि पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *