USAID

यूईएफए च्याम्पियन्स लिग: समूहचरणको ड्र आज(सम्पूर्ण जानकारीसहित)


एजेन्सी । युरोपेली फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग २०२१/२२ सिजनको समूहचरणको ड्र आज हुदैछ । टर्कीको इस्तानबुलमा हुने ड्र समारोह नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

समूहचरणको ड्रमा १५ देशबाट ३२ टोलीको सहभागीता रहनेछ । २६ टोली सिधै समूहचरणको लागि छनोट भएका हुन् भने बाँकि ६ टोलीले प्लेअफबाट आफ्नो स्थान जितेका हुन् । यसपटकको च्याम्पियन्स लिगमा स्पेनबाट सर्वाधिक ५ टोलीको सहभागिता रहेको छ । इङ्ल्यान्ड, इटाली, र जर्मनीबाट ४/४, पोर्चुगलबाट ३, फ्रान्स र युक्रेनबाट २/२  र नेदरल्यान्ड्स, रसिया, अष्ट्रिया, बेल्जियम, टर्की, स्वीजरल्यान्ड, स्वीडेन र मोल्डोभाबाट १/१ टोलीले यसपटकको च्याम्पियन्स लिगको समूहचरणमा सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई ४ वटा पोटमा बिभाजन गरिएको छ ।

पोट १ :- चेल्सी(इङ्ल्यान्ड), भिल्लारियल(स्पेन), एथ्लेटिको म्याड्रिड(स्पेन), म्यानचेस्टर सिटी(इंग्ल्याण्ड), इन्टर मिलान(इटाली), बायर्न म्युनिख(जर्मनी), लिल(फ्रान्स), स्पोर्टिंङ सिपी(पोर्चुगल)

पोट २ :- रियल म्याड्रिड(स्पेन), बार्सिलोना(स्पेन), युभेन्टस(इटाली), म्यानचेस्टर युनाइटेड(इङ्ल्यान्ड), पेरिस सेन्ट जर्मन(फ्रान्स), लिभरपुल(इङ्ल्यान्ड), सेभिल्ला(स्पेन), डर्टमण्ड(जर्मनी)

पोट ३ :- पोर्टो(पोर्चुगल), आयाक्स(नेदरल्यान्ड्स), शाख्तर डोनेटस्क(युक्रेन), लेइपजिग(जर्मनी), साल्जबर्ग(अष्ट्रिया), बेन्फिका(पोर्चुगल), एटलान्टा(इटाली), जेनिट(रसिया)

पोट ४ :- बेसिक्टास(टर्की), ड्यानामो किभ(युक्रेन), क्लब ब्रुग(बेल्जियम), योङ ब्वाइज(स्वीजरल्यान्ड), एसी मिलान(इटाली), माल्मो(स्वीडेन), वोल्फस्बर्ग(जर्मनी), शेरिफ(मोल्डोभा)

 

खेल कहिले हुन्छ ?

समूह चरण

पहिलो खेल:- १४/१५ सेप्टेम्बर

दोस्रो खेल:- २८/२९ सेप्टेम्बर

तेस्रो खेल:- १९/२० अक्टोबर

चौथो खेल:- २/३ नोभेम्बर

पाचौ खेल:- २३/२४ नोभेम्बर

छैटौं खेल:- ७/८ डिसेम्बर

अन्तिम १६ ड्र:- १३ डिसेम्बर

अन्तिम १६

पहिलो लेग :- १५/१६/२२/२३ फेब्रुअरी

दोस्रो लेग :- ८/९/१५/१६ मार्च

क्वाटरफाइनल र सेमिफाइनल ड्र :- १८ मार्च

क्वाटरफाइनल

पहिलो लेग :- ५/६ अप्रिल

दोस्रो लेग :- १२/१३ अप्रिल

सेमिफाइनल

पहिलो लेग :- २६/२७ अप्रिल

दोस्रो लेग :- ३/४ मे

फाइनल :- २८ मे (सेन्ट पिटर्सबर्ग स्टेडियम)

यस्तै युईएफएको विभिन्न अवार्डको विजेताको घोषणापनि आजै हुनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *