USAID

बायर्नको एक दर्जन गोल


एजेन्सी । क्यामरुनी फरवार्ड इरिक म्याक्सिम चोउपो-मोटिंङले ह्याट्रिक सहित चार गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलमा फराकिलो जित निकालेको छ । गएराति भएको पोकलको पहिलो राउण्डको खेलमा बायर्नले १० खेलाडीमा समेटिएको ब्रेमेर एसभीलाई १२-० गोलले पराजित गरेको हो ।

खेलको पुरा समय आफ्नो पकडमा राखेको बायर्नको लागि मोटिंङले चार गोल गर्दा जमाल मुसिएलाले दूई, लोरी साने, बोउना सार, मालिक टिल्मान, माइकल चुइसान्से र कोरेन्टिन टोलिसोले एक गोल गरे । बायर्नले एक गोल भने उपहार पाएको हो । बायर्नले पहिलो हाफमा ५ र दोस्रो हाफमा ७ गोल गरेको हो ।

मोटिंङले खेलको ८, २८, ३५ र ८२ औं मिनेटमा गोल गर्दा मुसिएलाले १६ र ४९ औं मिनेटमा गोल गरे । यस्तै ४७ औं मिनेटमा टिल्मान, ६५ औं मिनेटमा साने, ८० औं मिनेटमा चुइसान्से, ८६ औं मिनेटमा सार र ८८ औं मिनेटमा टोलिसोले गोल थपे । ७७ औ मिनेटमा उगो नोबिले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्रेमेर १० खेलाडीमा समेटिएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *