पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सम्पन्न प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिँदै पुनःनिर्माणमा बाँकी काम सम्पन्न गर्न हस्तारन्तरण प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।

बैठकले प्राधिकरणबाट भएका काममध्ये विपद्सँग सम्बन्धित काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समन्वय अनुुगमन र व्यवस्थापन गर्ने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

यसैगरी शहरी विकास मन्त्रालयले निजी आवास पुनःनिर्माणसँग सम्बन्धित तथा स्वास्थ्य संस्था र सरकारी भवन निर्माणको कामलाई व्यवस्थापन गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको पुनःनिर्माणसँग सम्बन्धित र विश्वविद्यालको पुनःनिर्माणको कामलाई व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, प्रमुख विपक्षी दल नेकपा (एमाले) का तर्फबाट रामबहादुर थापालगायत उपस्थित थिए । कानूनले तोकेअनुुसार प्राधिकरणको अवधि आगामी पुस १० गते समाप्त हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *