भाल्भेर्डेको सम्झौता नवीकरण

एजेन्सी । उरुग्वेली मिडफिल्डर फेडेरिको भाल्भेर्डेले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता नवीकरण गरेका छन् । क्लबले मंगलबार विज्ञप्ति जारी गर्दै भाल्भेर्डेले म्याड्रिडसँग जुन २०२७ सम्मको लागि सम्झौता नवीकरण गरेको जनाएको हो ।

२३ वर्षिय मिडफिल्डरको यसअघि सम्झौता २०२५ सम्म रहेकोमा थप २ वर्ष थप्दै २०२७ सम्म पुर्याइएको हो । भाल्भेर्डे सन् २०१६ मा उरुग्वेको क्लब पेनारोलबाट म्याड्रिडसँग जोडिएका थिए । शुरुवातमा रियल म्याड्रिड क्यास्टिलाबाट खेलेका भाल्भेर्डे २०१७/१८ सिजनमा लोनमा डिपोर्टिभो ला कोरुना पुगेका थिए ।

लगत्तै अर्को वर्ष म्याड्रिडको पहिलो टिममा स्थान बनाएका भाल्भेर्डे त्यसपछि क्लबको महत्त्वपूर्ण खेलाडी रहदै आएका छन् । उनले २०१९/२० सिजनमा म्याड्रिडबाट २१ खेलमा शुरुवात गर्दै ला लिगाको उपाधि जितेका थिए । गत सिजन लिगमा २४ खेल खेलेका भाल्भेर्डेले ३ गोल गरेका थिए ।

यस सिजनको सुरुवात देखी लुका मोड्रिक, नाचो फर्नान्डेज, करिम बेन्जिमा, डानी कार्भाहाल र थिबायोट कर्टियसले रियल म्याड्रिडबाट सम्झौता नविकरण गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *