USAID

म्याड्रिडद्वारा एम्बाप्पेको लागि पीएसजीलाई पहिलो प्रस्ताव


प्रज्जवल थापा । स्पेनिस क्लब रियल म्याड्रिडले युवा फरवार्ड कालियन एम्बाप्पेलाई किन्नको लागि पेरिस सेन्ट जर्मन(पीएसजी)लाई पहिलो प्रस्ताव पेश गरेको छ । म्याड्रिडले पीएसजीलाई एम्बाप्पेको लागि पहिलो पटक १ सय ६० मिलियन युरोको प्रस्ताव पेश गरेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

चार सिजन पीएसजीमा बिताएका फ्रेन्च फरवार्ड एम्बाप्पेको यस सिजनको अन्त्यमा क्लबसँगको सम्झौता सकिदैछ । एम्बाप्पेले गएको ६ महिनामा पीएसजीले गरेको नयाँ सम्झौताको प्रस्ताव ३ पटक अस्वीकार गरिसकेका छन् । पीएसजीका अध्यक्ष नासेर एल-खेलाइफीले एम्बाप्पे यस सिजन क्लबमै बस्ने जनाएपनि खेलाडीले भने पीएसजीबाट निस्किने बाटो खोजिरहेका छन् र एम्बाप्पेको एकमात्र गन्तव्य रहेको छ, रियल म्याड्रिड ।

पिएसजीले एम्बाप्पेलाई महंगो मुल्यमा बेच्न चाहन्छ । यसअघि पिएसजीले नै नेयमारलाई बार्सिलोनाबाट २ सय २२ मिलियनमा भित्र्याएको थियो भने सन् २०१८ मा मोनाकोबाट एम्बाप्पेलाई १ सय ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । यसअघि एम्बाप्पेले पिएसजीमा एक सिजन लोनमा बिताएका थिए । सन् २०१७ मा पिएसजीसँग जोडिएका एम्बाप्पेले क्लबबाट सबै प्रतियोगितामा गरि १ सय ७४ खेल खेल्दै १० उपाधि जितिसकेका छन्

यस्तै उनले सेप्टेम्बरमा पिएसजीबाट डेब्यु गरेदेखी १ सय ३३ गोल गरिसकेका छन् । सन् २०१७ पछि युरोपको शिर्ष ५ लिग मध्यमा सार्वधिक गोल गर्ने खेलाडीको सुचीमा एम्बाप्पे चौथो नम्बरमा रहेका छन् । जुन क्रिस्टियानो रोनाल्डो(१४४), लियोनल मेस्सी(१६२) र रोबर्ट लेवान्डोस्की(१८२) को भन्दा कम हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *