USAID

अभिषेकसहित बन्द प्रशिक्षणबाट बाहिरिए तीन खेलाडी


पोखरा । नेपाली राष्ट्रिय फूटबल टोलीको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मंगलबार फरवार्ड अभिषेक रिजाल, गोलरक्षक अर्पण कार्की र डिफेन्डर शिशिर लेखीलाई बाहिर राख्दै टोलीलाई २५ खेलाडीमा झारेका हुन् ।

नेपालले भारतसँग हुने मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको लागि हाल पोखरामा रहेर प्रशिक्षण गरिरहेको छ । नेपालले अक्टोबर १ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फूटबल प्रतियोगितामा सहभागिता जनाउनेछ । यसअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर २ र ५ मा भारतसँग दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टोली :- किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटि, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *