USAID

कांग्रेस नेता गिरिको भारतमा उपचार हुँदै


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पताल भर्ना गरिएको उनको परिवारले जानकारी दिएको छ ।

घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरि उपचारका लागि मुम्बई गएका हुन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई जानुभएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरिबीच उपचारबारे सल्लाह भएको उनले बाए । उपसभापति निधि काठमाडौँबाट जनकपुर हुँदै मुम्बई गएका हुन् । “शुक्रबार निधिले गिरिलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भने ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *