प्रदीप गिरिलाई भेट्न विमलेन्द्र निधि मुम्बई जाँदै

काठमाडौं । मुम्बईमा स्वास्थ्य उपचार गराईरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि त्यहाँ जाने भएका छन् ।

नेता गिरिको स्वास्थ्यमा समस्या देखिएपछि हाल मुम्बईको हिन्दुजा अस्पतालमा उपचार सुरु भएको छ । गिरिको घाँटीमा समस्या देखिएपछि डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ ।

हाल जनकपुरमा रहेको नीधि गिरिलाई भेट्न आजै त्यसतर्फ जान लागेका हुन् । नीधिले भोली विहान गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *