इजरायलमा रोजगारीः एक हजारको माग, १० हजार आवेदन

काठमाडौं, भदौ २ । इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म नौ हजार ६९९ जनाको आवेदन परेको हो ।

७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका लागि दक्ष श्रमिकको माग भएकोमा आवेदन दिनेमा धेरै पुुरुष रहेको विभागले जनाएको छ । चार हजार दुई सय महिला र पाँच हजार ४९९ जना पुरुषको आवेदन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *