यो साता कुल बजार पूँजीकरण १ खर्बले बढ्योः ७९ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, साउन ३० । यो साता नेपालको शेयर बजारको कुल पूँजीकरण हालसम्मकै सर्वाधिक कायम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीवार कुल बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब २७ करोड रुपैयाँ कायम भएको हो ।

गत साता यो रकम ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख रुपैयाँ थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण १ खर्ब ९ करोड ७० लाख रुपैयाँले वृद्धि भएको हो । यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव ५५ अंक बढेकाले पनि कुल बजार पूँजीकरणमा वृद्धि भएको हो ।

यो साता पाँच कारोबार दिननै बजार बढेको छ । पहिलो दिन शून्य दशमलव ६६ अंक, दोस्रो दिन १ दशमलव ५४ अंक, तेस्रो दिन ५१ दशमलव ८६ अंक, चौथो दिन शून्य दशमलव ९४ अंक र पाँचौ दिन १६ दशमलव ४१ अंक नेप्से परिसूचक बढेको हो ।

गत साता ३ हजार १०७ दशमलव ४५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ३ हजार १७९ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव १६ अंकले बढेको छ । गत साता ५७९ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५९१ दशमलव १६ विन्दुमा पुगेको हो । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *