विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाइने

काठमाडौं। नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ । सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्तसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी स्थापना गर्न नसकी लगानी ल्याउन नपाएका दाङ सिमेन्ट जस्ता उद्योग तथा परियोजनाहरूले अब कम्पनी स्थापना गरी लगानी ल्याउन पाउने भएका छन् ।

औद्योगिक व्यवसाय ऐन–२०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार नेपालमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने व्यवस्था भए पनि अहिले मात्रै कम्पनी स्थापनाका लागि नीतिगत व्यवस्था गरिएको हो । योसँगै दाङ सिमेन्टले रू। १३ अर्बको एसएच इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने भएको छ ।

यसरी स्थापना हुने कम्पनीमा विदेशी लगानीकर्ताको ८५ प्रतिशत र बाँकी १५ प्रतिशत लगानी भने नेपाली लगानीकर्ताको हुनेछ । आवको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *