देउवापक्षीय केन्द्रीय सदस्यको बैठक चलिरहदा होटलमा ३५ जिल्ला सभापतिको भेला

काठमाडौं। नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकको रणनीति तयार गर्न प्रधानमन्त्री निवास बालु्वाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी छ भने संस्थापन इतर पक्षका सभापतिको भेलालाई ‘काउन्टर’ दिने गरी काठमाडौंकै एक होटलमा देउवा समर्थक जिल्ला सभापतिहरुको भेला पनि चलिरहेको छ ।

बालुवाटारको बैठकमा देउवा पक्षीय केन्द्रीय सदस्यहरुले पार्टीको चौधौं महाधिवेशनको विधि र प्रक्रिया, संवधौनिक व्यवस्था, निर्वाचन आयोग र अदालतको कदमका विषयमा रणनीति तय गर्नेछन् । देउवा पक्षीय नेताहरु नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भदौमा पार्टीको वडा अधिवेशन सुरु गरेको ४६ औं दिनमा केन्द्रीय सभापतिको निर्वाचन हुने गरी दिएको नयाँ महाधिवेशन तालिका अनुसार अघि बढ्न सहमत देखिएको पार्टी केन्द्र्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।
यसैगरी देउवापक्षीय जिल्ला सभापतिहरुले कोरोना महामारीका कारण महाधिवेशन हुन नसकेको स्थितिमा नेतृत्वलाई मात्र दोष दिनुहुन्न भन्ने निष्कर्षमा पुगेका छन् । उनीहरुले भदौमा वडा अधिवेशन गरी मंसिरमा केन्द्रीय महाधिवेशन हुने गरी सभापति देउवालाई सुझाव दिने भएका छन् । त्यसका लागि रिपोर्ट लेखन भइरहेको मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले बताए । उनका अनुसार भेलामा कांग्रेसका ३५ जिल्ला सभापति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *