कर तिर्न कामपाको ताकेता, टेरेन सरकारी निकायले

काठमाडौं। काठमाडौं महानगरपालिकाले सरकारी स्वमित्वमा रहेका निकायलाई कर तिर्न बारम्बार ताकेता गरे पनि उनीहरूले टेरेका छैनन् । कामपाले ५२ करदातासँंग करिब १ अर्ब रुपियाँ कर असुल्ने योजनाका साथ सार्वजनिक सूचना जारी गरेको करिब एक साता पुग्दा पनि कर तिर्न कबुल गर्ने करदाताको संख्या न्यून देखिएपछि कामपा भिन्न रणनीतिको सोचमा छ ।

कामपा राजस्व विभागले २८ वर्षदेखि कर नतिरेर अटेर गरेका करदातासँंग ३० दिनभित्र कर तिर्न माइकिङ गरेको थियो । कामपा राजस्व विभाग प्रमुख डाशिवराज अधिकारीले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि सरकारी स्वामित्वमा रहेका निकायले कर नतिर्ने अडान राखेको बताए।

उनका अनुसार गुठी संस्थानले भाडामा दिएको पुतली सडकको सेयर मार्केट, खिचापोखरीको आरबी कम्प्लेक्स, खाद्य संस्थान, नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा, राष्ट्रिय नाचघर, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत प्राधिकरण र नेसनल ट्रेडिङ कम्पनी सरकारी स्वामित्वमा रहेका करदाता हुन् ।

करदाता निकायहरू हिजो मंगलबारसम्म पनि सम्पर्कमा नआएको विभागका प्रमुख डा अधिकारीले जानकारी दिए । ‘ती संस्थाले वर्षौँदेखि कर तिर्ने विषयमा कुनै चासो देखाएका छैनन् । ईश्वरराज ढकालले आजको नेपाल समाचारपत्र दैनिकमा खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *