संक्रमितले अस्पताल भरिभराउ

काठमाडौं। दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ। त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना संक्रमितले आइसियु र एचडियु भरिइसकेको छ।

यो अस्पतालमा ४० बेडको आइसियु, ३० वटा भेन्टिलेटर र १० वटा एचडियु कुनै पनि खाली छैनन्। जनरल बेडमा पनि ९० जना भर्ना भइसकेका छन्। ‘एक सातायता बिरामीको संख्या ह्वात्तै बढेको हो’, उनले भने।

केही दिन यता छिमेकी र तराईका जिल्लाबाट रेफर भएर आउने बिरामी र सुरक्षाको खोजीमा आफैं भर्ना हुन आउने बिरामीका कारण अस्पताल भरिभराउ हुँदै गएको डा। बमले बताए ।

उनका अनुसार काठमाडौंनजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन्। यी बिरामी सबैजसो अक्सिजन दिनुपर्ने अवस्थाका छन् । बिरामी भरिँदै गएपछि अन्य वार्डलाई कोभिड वार्डमा रूपान्तरण गर्ने कार्य भइरहेको डा बमले जानकारी दिए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *