कोरोना नियन्त्रण प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई एक साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् । कोरोना सङ्क्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको तीन करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए ।

आम नागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले खोप पाउनुपर्ने उनले बताए । ‘‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष नै नागरिकलाई खोप रहेको हुँदा त्यसलाई पूूरा गराउनु हामी सबैको दायित्व हो’’, मन्त्री खाँणले नेपाल प्रवेश गर्ने नाकाहरूमा खोप व्यवस्थापन गर्न र चैतसम्म सबै नेपाली र नेपाललाई खोपयुक्त बनाउने अभियान सफल बनाउन निर्देशन दिए।

कोरोना महामारी नियन्त्रण र न्यूनीकरण कार्यमा संलग्न उच्च पदाधिकारीसँग शुुक्रबार मन्त्रालयमा गरिएको अन्तक्र्रियामा उनले कोरोना नियन्त्रण तथा रोकथाममा के गर्ने, कसरी गर्ने भनेर सबै पक्षले तत्कालै त्यसको रूपरेखा प्रस्तुत गर्न निर्देशन दिएको गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले जनाएको आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले खवर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *