USAID

ओलीको पालामा भएका नियुक्ति धमाधम खारेजी र बदर


काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री शेरबहादुर देउवाको तारो परेको छ । उनले धमाधम नियुक्ति खारेजी र बदर गर्न थालेका छन् । ओलीको कार्यकालमा आकर्षक ठाउँमा सरुवा भएकालाई अन्यत्र सरुवा गर्न थालेका छन् । देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्मबन्धी आयोग नै खारेज गरिएको छ । शिक्षक सेवा आयोगमा नियुक्ति गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक बनाइएका हितेन्द्र देव शाक्यलाई हटाउने प्रक्रिया बढाइएको छ । उनी ओलीको चाहना अनुसार बनाइएका थिए । शाक्यलाई स्पष्टिकरण सोधिएको र प्रक्रिया मिलाएर हटाउने तयारी भएको छ । अर्थ मन्त्रालयका सचिव सरुवा गरिएका छन् । अब शक्तिशाली मन्त्रालयका सचिवहरु धमाधम सरुवा गरिने भएका छन् ।

विद्युत विभागका महानिर्देशक नविन सिंह जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएका छन् । उनको ठाउँमा सन्दीपकुमार देव लगिएका छन् । मधुकर राजभण्डारीलाई सिचाईं विभागको महानिर्देशकबाट सरुवा गरी सुशील आचार्यलाई ल्याइएको छ । नेपाल प्रहरीमा एआइजीमा बढुवा भएका सहकुल थापाले जिम्मेवारी पाएका छैनन् । उनी ओलीको कार्यकालमा बढुवा भएका थिए ।

संवैधानिक निकायमा भएका नियुक्तिहरु अदालती प्रक्रियाबाट खारेज गर्ने प्रयासमा सरकार रहेको देखिन्छ । अदालतमा विचाराधीन रहेको र सरकारले पनि खारेज गर्न नसक्ने विषय भएकाले मात्र रोकिएको हो । ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत् संवैधानिक निकायमा नियुक्तिको निर्णय गराएका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *