आगामी तीन दिनको मौसम पूर्वानुमानः नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सर्तक रहन आग्रह

काठमाडौं। हाल देशका अधिकांस भू–भागमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमाती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

मनसुनी वायुको प्रभावका कारण बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोहि प्रभावका कारण बुधबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू -भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको उच्च जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ।

बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *