USAID

टोकियो ओलम्पिक: एसेन्सियोको गोलमा स्पेन फाइनलमा


प्रज्जवल थापा । मार्को एसेन्सियोले अतिरिक्त समयमा गरेको गोलको मद्दतमा स्पेन टोकियो ओलम्पिक-२०२० अन्तर्गत पुरुष फूटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बेलुकी भएको दोस्रो सेमिफाइनल खेलमा स्पेन घरेलु टोली जापानलाई अतिरिक्त समयमा १-० गोलले हराउँदै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।

साइटामा रंगशालामा भएको खेलमा स्पेनलाई जित दिलाउन मार्को एसेन्सियोले गरेको एकमात्र गोल निर्णायक बन्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १ सय १५ औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा एसेन्सियोले गोल गर्दै स्पेनलाई १-० गोलको जित दिलाए । एसेन्सियो खेलको ८४ औं मिनेटमा पेड्रीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

अब अगस्ट ७ मा हुने फाइनल खेलमा स्पेनले स्वर्ण पदकको लागि ब्राजिलको सामना गर्नेछ । आजै भएको पहिलो सेमिफाइनल खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले हराउँदै ब्राजिल फाइनलमा पुगेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *