मेक्सिकोलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिल पुरुष फूटबलको फाइनलमा

प्रज्जवल थापा । मेक्सिकोलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिल टोकियो ओलम्पिक-२०२० अन्तर्गत पुरुष फूटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै ब्राजिल लगातार तेस्रो पटक पुरुष फूटबलको फाइनलमा पुगेको हो ।

अब ब्राजिलले स्वर्ण पदकको लागि जापान र स्पेनबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग अगस्ट ७ मा खेल्नेछ । कशिमा सकर रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा ब्राजिल भाग्यमानि सावित भयो । पेनाल्टी सुटआउटमा मेक्सिकोका एडुआर्डो अगुइरे र जोहान भास्क्वेज पहिलो दुई पेनाल्टीमा चुक्दा पराजित हुन पुग्यो ।

ब्राजिलको लागि डानी आल्भेस, मार्टिनेल्ली, गुइमाराएस र रिनिएर जेससले गोल गरे । मेक्सिकोको लागि पेनाल्टी सुटआउटमा कार्लोस रोड्रिग्वेज मात्र सफल रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *