USAID

पदकतालिकाको शिर्षस्थानमा चीन यथावत


प्रज्जवल थापा । जापानमा जारी टोकियो ओलम्पिक-२०२० को पदक तालिकाको शिर्षस्थानमा चीन यथावत रहेको छ । हालसम्म चीन कुल ६२ पदकको साथ शिर्षस्थानमा रहेको छ ।

चीनले २९ स्वर्ण, १७ रजत र १६ कास्यसहित ६२ पदक जितेको छ । यस्तै अमेरिका २२ स्वर्ण, २५ रजत र १७ कास्यसहित ६४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । यस्तै घरेलु टोली जापान तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, ६ रजत र १० कास्यपदक जितेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, ४ रजत र १५ कास्यसहित समान ३३ पदक जितेको छ ।

यस्तै रसियन कोलम्पिक कमिटी १२ स्वर्णसहित ५० पदक जित्दै पाँचौ स्थानमा रहँदा बेलायत, फ्रान्स, जर्मनी, दक्षिण कोरिया र नेदरल्यान्ड्स क्रमश: छैटौं, सातौं, आठौं, नवौं र दसौं स्थानमा रहेका छन् । हालसम्म ८० राष्ट्रले टोकियो ओलम्पिकमा पदकको खाता खोलेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *