USAID

टोकियो ओलम्पिक: अष्ट्रेलियालाई हराउँदै स्वेडेन फाइनलमा


प्रज्जवल थापा । स्वेडेन जापनमा जारी टोकियो ओलम्पिक-२०२० अन्तर्गत महिला फूटबलको फाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई १-० गोल पन्छाउदै स्वेडेनले फाइनलमा क्यानडासँगको भेट पक्का गरेको हो ।

आजै भएको पहिलो सेमिफाइनल खेलमा क्यानडाले अमेरिकालाई १-० गोलले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल अगस्ट ६ गते हुनेछ । निसान रंगशालामा भएको खेलमा स्वेडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फोले एक गोल गरिन् । दोस्रो हाफको पहिलो मिनेटमै रोल्फोले गोल गर्दै स्वेडेनलाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

बाँकी समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि बललाई जाली चुमाउन नसक्दा स्वेडेन १-० गोलले विजयी भयो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *