क्यानडा फाइनलमा, अमेरिका बाहिरियो

प्रज्जवल थापा । क्यानडा टोकियो ओलम्पिक-२०२० अन्तर्गत महिला फूटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा अमेरिकालाई १-० गोलले हराउँदै क्यानडाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

क्यानडालाई जित दिलाउन जेस्सी फ्लेमिङले एक गोल गरिन् । दोस्रो हाफको ७४ औं मिनेटमा फ्लेमिङले पेनाल्टीमा गरेको गोलनै क्यानडाको जितमा निर्णयक बन्यो । यससँगै क्यानडाले सन् २००१ पछि पहिलोपटक अमेरिकामाथि जित निकालेको छ ।

यस्तै अर्को सेमिफाइनल खेलमा अष्ट्रेलिया र स्वेडेन भिड्दैछन् । उक्त खेलको विजेताले स्वर्ण पदकको लागि क्यानडाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *