मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनका नेताहरू छलफलमा

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ । मन्त्री संख्या र मन्त्रालय भागबन्डाबारे उनीहरुबीच छलफल भइरहेको बताइएको छ ।

असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । सरकार गठनको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *