युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. गौतम हटाइए

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डा. जागेश्वर गौतमलाई हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गौतमलाई उक्त स्थानबाट सोमबारदेखि लागु हुने गरी हटाएको प्रवक्ता प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा गत जेठ १० गते नियुक्त गरेको थियो । गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।

अस्पतालको जिम्मेवारी सम्हालेदेखि गौतम विवादमा तानिएका थिए। सोमबार पनि अस्पतालका स्वास्थ्यकर्मीसहितका कर्मचारीले गौतमलाई कार्यालयमा छिर्न निषेध गर्दै धर्ना दिएका थिए ।

सरकारले ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश अनुरुप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *