प्रज्जवल थापा
काठमाडौं । दुई लन्डन क्लबबिच भएको मैत्रीपूर्ण खेलमा चेल्सीले जित निकालेको छ । आइतबार बेलुकी भएको प्री-सिजनको खेलमा चेल्सीले घरेलु टोली आर्सनललाई २-१ गोलले हराएको हो ।
इमिरेट्स रंगशालामा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभेर्ट्ज र ट्यामी अब्राहमले एकरएक गोल गरे । आर्सनलको लागि ग्रानिट जाकाले एक गोल गरे । पहिलो हाफको २७ औं मिनेटमा हाभेर्ट्जले गोल गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । ६९ औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
तर त्यसको तीन मिनेट बित्न नपाउँदै वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चेल्सी २-१ गोलले विजयी भयो ।
अन्य खेलको नतिजा
ब्रेस्ट १-२ माल्लोर्का
काडिज १-२ अल्मेरिया
पार्मा ०-३ ससुओलो
