USAID

बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान सुरू

काठमाडौं । बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्ज सिधा उडान सुरू गरेको छ । आइतबार बिहान पोखराबाट नेपालगञ्ज उडान गरी नियमित उडान सुरु गरेको बुद्ध एयरका सञ्चार व्यवस्थापक दीपेन्द्र कर्णले जानकारी दिए।

उनका अनुसार पोखराबाट बिहान ९ः१० मा र नेपालगञ्जबाट १० बजे उडान भएको हो । सुरूमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार हुने नियमित उडान अन्तर्गत आज पोखराबाट १८ यात्रु र नेपालगञ्जबाट १७ यात्रुले यात्रा गरेको कर्णले बताए ।

यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरू लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि यो उडानमा आकर्षित हुने बुद्ध एयरले जनाएको छ । १८ सिटे जहाज चालू गरिएको यो रूटको भाडा बुद्ध एयरले ४ हजार ९०० रुपैयाँ तोकेको छ।

CivActsAd

Leave a Reply

Your email address will not be published.