जापान र ब्राजिल पुरुष फूटबलको सेमिफाइनलमा

प्रज्जवल थापा । जापान र ब्राजिलको युवा टोली जापानको टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत पुरुष फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार दिउँसो भएको आ–आफ्नो खेलमा जित दर्ता गर्दै दुवै टोलीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

घरेलु टोली जापानले न्युजिल्यान्ड यु–२३ लाई पेनाल्टी सुटआउटलाई ४–२ गोलले हराएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा जापान भाग्यमानी सावित भयो ।

पेनाल्टी सुट आउटमा जापानको लागि अयासे उएडा, कोउ इटाकुरा, एउटा नाकायामा र माया योशिदाले गोल गरे । यस्तै न्युजिल्यान्डको लागि क्रिस वुड र क्यालुम मक्कोवटले गोल गर्दा लिबेराटो काकासे र क्ल्याट लेविस चुके ।

अब जापानले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । अर्को खेलमा ब्राजिल यु–२३ ले इजिप्ट यु–२३ लाई १–० गोलले हरायो । ब्राजिललाई जित दिलाउन माथेउस कुन्हाले एक गोल गरे । पहिलो हाफको ३७ औं मिनेटमा रिचार्लिसनको पासमा कुन्हाले गरेको गोल नै ब्राजिलको जितमा निर्णायक बन्यो । अब ब्राजिलले सेमिफाइनलमा कोरिया र मेक्सिकोबिच हुने खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *