पूर्वयुवराज पारस शाहद्वारा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार

काठमाडौं । विवादित कामका कारण पटक पटक विवादमा तानिएका पूर्वयुवराज पारस शाह फेरि विवादमा परेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायण गोपाल चोकमा ट्राफिक प्रहरीसँग गरेको अभद्र व्यवहारको कारण उनी फेरि विवादमा तनिएका हुन् । विना हेलमेट मोटरसाइकलमा आएका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि उनीले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए ।

प्रहरीले पारसलाई रोकेर जान भन्दै आग्रह गरेपनि उनले बारम्बार जान्न भन्दै प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा हात हालाहालको अवस्था सृजना भएको दृष्य सामाजिक संजालमा राखिएको भिडियोमा देखिएको छ । तर, शाहलाई कुनै पनि कारबाही नगरी छोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *