दोस्रो अध्यक्षको प्रस्ताव अस्वीकार्यः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि भन्दा फरक ढंगले आएको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

उनले कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बूँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैैजानुपर्नेमा आफूहरुको जोड रहेको बताए ।

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको बताए । उनले पार्टी भित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए । महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *