शेरचनलाई गण्डकी र परियारलाई प्रदेश दुईको प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचन र प्रदेश दुईमा तिलक परियारलाई सिफारिस गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको छ । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश दुईमा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *