अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच पछिल्लो घटनाक्रमबारे कुराकानी

अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उनीहरुबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ ।

ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् । त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको जनाइएको छ ।

हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिएका छन् भने नयाँ प्रधनानमन्त्री नियुक्त गरेका छैनन् ।यहाँ केही दिनयता देखि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *