कर्णालीमा जुवा मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं ६ बस्ने ४० वर्षीय दीपेन्द्र सुनार, ३७ वर्षीय सन्दीप श्रेष्ठ र रोशन भट्टराईलाई बिहीबार पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

विसं २०७१ मङ्सिर १५ गतेको जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसला आदेशले लगत नम्बर १०६२ मा लगत कसिएको जनही २०० रुपैयाँ असुलउपर गर्ने प्रयोजनका लागि विशेष सूचनाका आधारमा ती फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *