USAID

लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको परिपत्र


काठमाडौं । गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ ।

गृहले प्रहरी प्रधान कार्यालय नक्साल र ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न परिपत्र गरेको हो ।

परिपत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको छ ।

साउन ४ मा मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *