USAID

सन चम्किँदा टोटेन्हामको सहज जित


प्रज्जवल थापा । दक्षिण कोरियाली स्ट्राइकर ह्युङ मीन सन चम्केको खेलमा टोटेन्हामले सहज जित निकालेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा टोटेन्हामले कोल्चेस्टर युनाइटेडलाई ३-० गोलले हराएको हो ।

जोबसर्भ कमिनिटी रंगशालामा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन ह्युङ मीन सन, लुकास मोउरा र डेली अलीले एक/एक गोल गरे । टोटेन्हामले तीनै गोल पहिलो हाफमा गरेको हो । खेलको ११ औं मिनेटमा बेर्ग्विजनको पासमा सनले गोल गर्दै टोटेन्हामलाई शुरुवाती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा सनको पासमा लुकास मोउराले गोल गर्दै टोटेन्हामको अग्रता दोब्बर दिलाए । ३७ औं मिनेटमा सनकै पासमा अलीले गोल गरेपछि टोटेन्हाम पहिलो हाफमा ३-० गोलले अगाडि बढेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा टोटेन्हाम ३-० गोलले विजयी भयो ।

यस्तै आज रातिनै भएको अर्को खेलमा प्रिमियर लिग क्लब एस्टोन भिल्लाले वाल्सालमाथि ४-० गोलको फराकिलो जित निकाल्यो । भिल्लालाई जित दिलाउन ओल्ली वाट्किन्सले दुई गोल गर्दा जाडेन फिलोगेने-बिडासे र जोकाब राम्सेले एक/एक गोल गरे ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *