USAID

राष्ट्रिय किताबखानामा रहेका ऐतिहासिक दस्तावेज नष्ट हुने क्रममा


ललितपुर । राष्ट्रिय किताबखाना (निजामती)मा रहेका राणाकालीन दस्तावेजको उचित संरक्षण हुन सकेको छैन । निजामती थमौती, सैनिक कमान्डरीसम्बन्धी मिसल, सेनासम्बन्धी पुराना इस्तिहारलगायतका सामग्री किताबखानामा छ ।

२०७२ सालको भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई त्यही परिसरमा प्रिफ्याबको संरचनाभित्र राखिएका छन् । तिनलाई सुरक्षित राख्न उपचार विधि प्रयोग गरिएको छैन । यसले गर्दा कतिपय दस्तावेज धुजाधुजा भइसकेको छ भने ओसले गर्दा कतिपयमा लेखिएका अक्षर मेटिन थालिसकेका छन् ।

चिस्यानले गर्दा तिनलाई मोड्न प्रयोग गरिएका छाला कुहिन थालिसकेका छन् भने धेरैका अक्षर उड्न थालेको अवस्था छ । कतिपय इस्तिहारलाई मुसाले खाएको छ । खोजकर्ताहरूका लागि त्यहाँ भएका दस्तावेज महìवपूर्ण स्रोतका रूपमा प्रयोग हुन सक्दछ ।

किताबखानाका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ती अभिलेख संरक्षण गर्ने दायित्व आफूहरूको भएको बताए । उनले भने, “यतिसम्म सुरक्षित राख्ने प्रयास गरेका छौँ । तैपनि चिस्यान लगायतका समस्या छन् । दीर्घकालीन रूपमा यिनलाई जोगाउन संरक्षण गर्ने निकायसँग सहकार्य जरुरी देखिएको छ । त्यसैले संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्न तयार छौँ ।”

भूकम्पले भवन भत्काइदिएकाले ती विवरण सुरक्षितसाथ राख्न किताबखानामा स्थान अभाव हुँदै गएको छ । प्रिफ्याबबाहेक कृषि विभाग र पशु निर्देशनालयसँग मागेर केही कोठामा खुम्चिनुपरेको छ । श्रीमहलमा नयाँ भवन निर्माण भई किताबखानालाई पनि त्यहाँ सार्ने योजना बने पनि भवन निर्माणको कुरा अत्तोपत्तो छैन ।
किताबखानाका महानिर्देशक सुवेदीले गतिलो भवन उपलब्ध हुनसके कर्मचारीका व्यक्तिगत सबै विवरणलाई सुरक्षितसाथ राख्न सकिने बताएकाे समाचार गाेरखापत्रमा छापिएकाे छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *