USAID

अलबाले म्याड्रिडबाट जर्सी नम्बर ४ लाउने


प्रज्जवल थापा । अष्ट्रियन डिफेन्डर डेभिड अलबाले रियल म्याड्रिडबाट जर्सी नम्बर ४ लगाउने भएका छन् । अलबा यसै सिजन क्लबमा भित्रिएका हुन् । बुधबार भएको प्रस्तुति समारोहमा अलबा जर्सी नम्बर ४ सहित प्रस्तुत भएका हुन् ।

१५ वर्ष जर्सी नम्बर ४ लगाएका सेर्जियो रामोसले क्लब छाडेसँगै उक्त नम्बर खाली रहेको थियो । अलबाले जर्सी नम्बरको विषयमा क्लबसँग कुरा गरेको बताए । “मैले यस विषयमा क्लबसँग कुरा गरेको थिए । क्लबले मलाई नम्बर ४ अफर गरेको थियो ।” अलबाले भने । “क्लबको लागि यो नम्बर कति महत्त्वपूर्ण छ मैले राम्रोसँग बुझेको छु । यस नम्बर लगाउन पाउँदा म खुशी छु र आउने दिनमा क्लबमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।”


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *