दक्षिण अफ्रिकाको परिस्थिति सामान्य बन्दै

दक्षिण अफ्रिकामा केही दिनयतादेखि मच्चिएको हिंसा र लुटपाटपछि केही दिनदेखि परिस्थिति सामान्य बन्दै गएको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार यसअघि हिंसा र लुटपाट भएका दुई प्रान्तमा अहिले सामान्य अवस्था देखिएको छ र यस्ता हिंसाका घटना भएका छैनन् ।

मन्त्री खुम्बुजो एनटिसाभेनीले मंगलबार त्यस्तो लुटपाट हुन नपाएको बताएका छन् । दक्षिण अफ्रिकाका दुई वटा प्रान्तमा केही दिनयतादेखि हिंसा मच्चिएको छ । ती स्थानमा पसलमा लुटपाट गर्ने र हिंसा मच्चाउने गरिएको थियो ।

मन्त्री खुम्बुजोले गएको २४ घन्टा यता ती दुई प्रान्त काजुलु र गुतेनमा त्यस्तो कुनै हिंसा नभएको जनाएका छन् । दक्षिण अफ्रिकामा त्यहाँका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको छ ।

त्यस क्रममा त्यहाँ हिंसा शुरु भएको हो ।अहिले भने यहाँको अवस्था सामान्यतर्फ फर्किँदै गरेको र कुनै हिंसात्मक घटना नभएको तथा लुटपाटका कारण बन्द भएका सपिङ मलहरु खुला भएका उनले जानकारी दिए । जुमाका समर्थकहरुले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन पनि गरेका थिए । हिंसा प्रभावित प्रान्तमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *