लाजियोको ११ गोल

प्रज्जवल थापा । इटालियन क्लब लाजियोले मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लाजियोले फिओरी बार्प मासलाई ११-० गोलले पराजित गरेको हो ।

लाजियोलाई जित दिलाउन लुइस अल्ब्रेटोले ह्याट्रिक पूरा गर्दा फेलिपे काल्सेडो र भेडाट मुरिकीले दुई/दुई गोल गरे । यस्तै लाजियोको लागि फिलिपे एन्डर्सन, एल्सेड ह्यासाज र एडम मारुसिकले समान १/१ गोल थपे । पहिलो हाफमा ७ गोलको अग्रता लिएको लाजियोले दोस्रो हाफमा ४ गोल गरेको हो ।

अन्य खेलको नतिजा

फिओरेन्टिना ७-१ एसभी ओस्टेरम्युनिख
फ्रान्कफुर्ट ६-१ एफसी जिएस्सेन
भिएफ स्टुटगार्ट १-१ लिभरपुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *