USAID

‘एल क्लासिको’मा म्याड्रिड विजयी


प्रज्जवल थापा । चर्चित ‘एल क्लासिको’ मा रियल म्याड्रिड लेजेन्डले जित हात पारेको छ । इज्रायलस्थित ब्लोमफिल्ड रंगशालामा मंगलबार राति भएको खेलमा रियल म्याड्रिड लेजेन्डले बार्सिलोना लेजेन्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

इज्रायलस्थित ब्लोमफिल्ड रंगशालामा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन पेड्रो मुनिटिस, अल्फोन्सो पेरेज र रुबिन डे ला रेडले एक/एक गोल गरे । बार्सिलोनाको लागि रोनाल्डिन्हो र जोफ्रे माटेउले एक/एक गोल गरे । खेलको लिएको शुरुवाती अग्रता जोगाउन बार्सिलोना पराजित हुन बाध्य भयो ।

पहिलो हाफको २८ औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए । एन्टोनियो नुनेजले विपक्षी खेलाडी जाभिएर साविओलालाई पेनाल्टी क्षेत्रमा लडाएपछि बार्सिलोनाले पेनाल्टी जितेको थियो ।

तर खेलमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्यो । पहिको हाफको अन्तिम ५ मिनेटमा दुई गोल गर्दै म्याड्रिड खेलमा फर्कियो । ४२ औं मिनेटमा पेड्रो मुनिटिस्ले गोल गर्दै म्याड्रिडलाई बराबरीमा ल्याए। त्यसको दुई मिनेट बित्न नपाउँदै अल्फोन्सो पेरेजले गोल गर्दै पहिलो हाफमा रियल म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाए ।

६० औं मिनेटमा माटेउले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए । तर खेलको ७० औं मिनेटमा रुबिनले गोल गर्दै रियल म्याड्रिडलाई ३-२ गोलको जित दिलाए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *