USAID

दिपक चाहारको उत्कृष्ट प्रदर्शनमा भारतलाई एकदिवसीय सिरिज


प्रज्जवल थापा । तीब्र गतिका बलर दिपक चाहारले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि भारतले दोस्रो एकदिवसीय खेलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली श्रीलंकालाई ३ विकेटले हराउँदै भारतले ३ खेलको सिरिजमा २-० को अग्रता लिएको हो ।

जितको लागि २ सय ७६ रनको लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा ७ विकेटको क्षतिमा २ सय ७७ रन बनाउँदै लक्ष्य भेट्टायो । जितबाट टाढा गइरहेको भारतलाई जित दिलाउन आठौं नम्बरमा ब्याटिङ गर्न आएका दिपक चाहारले शानदार अर्धसतक पूरा गरे । उनले ८२ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६९ रन जोडे । दिपकले आठौं विकेटको लागि भुवनेश्वर कुमारसँग ८४ रनको साझेदारी गरे । कुमारले २८ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे ।

सुर्यकुमार यादवले ४४ बलमा ६ चौकाको सहयोगमा ५३ रन जोडे । यस्तै मनिष पान्डे ३१ बलमा ३ चौकासहित ३७ रन जोड्दै शानाकाको बलमा रन आउट हुँदा कुर्नाल पाण्ड्यले ३५ रन जोडे । उनले ५४ बलमा ३ चौका प्रहार गरे । यसअघि कप्तान शिखर धवनले ३८ बलमा ६ चौकाको सहयोगमा २९ रन जोड्दा पृथ्वी शहले १३ रनको योगदान गरे ।

श्रीलंकाको लागि वानिन्डु हासारांगाले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । यस्तै कासुन राजिथा, लक्षन सान्डाकान र डासुन शानाकाको नाममा एक/एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिंङ गर्न उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकट गुमाएर २ सय ७५ रन जोडेको थियो । श्रीलंकाको लागि अभिस्का फेर्नाण्डो र चारिथ असालंकाले अर्धसतक पुरा गरे । पहिलो विकेटको लागि मिनोद भानुकासग ७७ रनको साझेदारी गरेका अभिस्काले ५० रन जोडे । उनले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर भानुकाले ४२ बलमा ६ चौकाको सहयोगमा ३६ रन जोड्दा तेस्रो नम्बरमा ब्याटिंङ गर्न आएका राजपक्सा सुन्य रनमा पभिलियान फर्किए ।

यस्तै मध्यक्रममा ब्याट्सम्यान चारिथ असालंकाले ६८ बलमा ६ चौकाको सहयोगमा सार्वधिक ६५ रन जोडे । आठौं नम्बरमा ब्याटिंङ गर्न आएका चामिका कारुनारात्नेले ३५ बलमा ५ चौकाको सहयोगमा ४४ रन जोड्दा डासुन शानाकाले १६ रनको योगदान गरे ।

भारतको लागि युज्वेन्द्र चाहालले १० ओभरमा १ मेडन राख्दै ५० रन दिएर ३ विकेट लिए । भुवनेश्वर कुमारले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिदा दिपक चाहारले २ विकेट लिए । लगातार दुई खेलमा जित हात पार्दै सिरिज आफ्नो पोल्टामा पारेको भारतले अन्तिम खेल शुक्रबार खेल्नेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *