नाडा अटो शो नहुने

काठमाडौं। अटोमोबाइलको कुम्भमेला मानिने नाडा अटो शो यस वर्ष पनि नहुने भएको छ । कोरोनाको संक्रमण नघटेको र सरकारले पर्याप्त खोपको व्यवस्था पनि गर्न नसकेकाले अटो शो नहुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘

संक्रमण घटेको छैन, तेस्रो लहर आउने चेतावनी पनि विज्ञले दिइरहेका छन्,’ उनले भने, ‘ग्राहक तथा व्यवसायीको स्वास्थ्य सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर अटो शो नगर्ने तयारी गरेका छौं ।’ सबैले खोप पाएर अवस्था सामान्य भएपछि दशैं÷तिहारपछि अटो शोबारे छलफल गर्ने उनले बताए ।

अहिलेको पदाधिकारीको कार्यकाल सकिएकाले भदौमा अधिवेशन गर्ने तयारी नाडाले गरेको छ । यस विषयमा नाडाका पदाधिकारीबीच छलफल भएकोमा केही दिनमा यसबारे निर्णय गर्ने अध्यक्ष दुलालले बताए । ‘केही दिनमा अधिवेशन तथा चुनावको निर्णयबारे आधिकारिक निर्णय गछौं,’ उनले भने । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *