USAID

जसपाको यादव पक्षद्वारा संसदीय दलको विधान पारित


काठमाडौं । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ ।
मंगलबार बसेको पार्टीको दलको बैठकले संसदीय दलको विधान सुझावसहित पारित गर्दै पार्टीमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको जानकारी दिए । त्यस्तै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताए ।

बैठकले संसदीय दलको विधानलाई मुख्य एजेण्डा बनाएको र सरकारमा सहभागी बन्ने मन्त्रीहरुकोबारेमा केही कुरा नभएको उनले बताए । पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेको टुंगो भने केही दिनमा लगाइने नेताहरुले बताएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *