USAID

थामियो नेप्से, बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब


काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको छ । आइतबार र सोमबार भने नेप्से उकालो लागेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५५८.११ मा ओर्लेको छ ।

कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १२६.३८, होटल तथा पर्यटन ६०.२१, जलविद्युत् ३५.८९, उत्पादन १४.३६ र सामूहिक लगानी कोष १.०२ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ०.७४, विकास बैंक ३८.२२, वित्त ३२.२२, निर्जीवन बीमा १८८.१६, अन्य २६.४२, लघुवित्त २७.११, जीवन बीमा १२६.९५ र लगानी १.११ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोवार भयो । अरुण भ्याली हाइड्रोपावर २६ करोड ९८ लाख ४१ हजार २३९, नेपाल इन्स्योरेन्स २४ करोड १८ लाख २७ हजार ५१, एनआइसी एशिया बैंक २३ करोड ४९ लाख ६९ हजार ९१३ र कृषि विकास बैंक २२ करोड ७४ लाख ८५ हजार ९५७ बराबरको कारोवार भई शीर्ष स्थानमा पुगे ।

कारोवारका आधारमा लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फण्ड १०.०१, बरुण हाइड्रोपावर ९.३९, माउण्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्न्त स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र ६.१७, नेपाल इन्स्योरेन्स ४.७८, समिट लघुवित्त वित्तीय संस्था २.९१, एचआइडिसिएल २.८६ र पोखरा फाइनान्सका लगानीकर्ताले २.८१ प्रतिशतले गुमाए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *