साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गति दिइने, ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्न देउवा-प्रचण्ड सहमत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ । त्यस क्रममा अध्यक्ष प्रचण्डले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गरेका थिए ।

उनीहरुबीच गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

देउवासँगको भेटअघि अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपाल निवास कोटेश्वरमा छलफल गरेका थिए । नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको जानकारी सापकोटाले दिए ।

माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवद्वारा माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *