USAID

भरतपुर महानगरको न्यायिक समितिले गरेका निर्णय सदर


भरतपुर । भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक समितिबाट छ वटा निवेदन अदालत गएका थिए ।

महानगरपालिका न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायिक समितिले फैसला गरेका १६ मुद्दामध्ये छ वटा चित्त नबुझेर अदालत गएका थिए । उनले भनिन्, “अदालत गएका मुद्दामा पनि हाम्रो निर्णय सदर भएको छ ।”

महानगरको इजलासमा गत आर्थिक वर्षमा ३६ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका आठ वटा मुद्दा रहेका थिए ।

गत आर्थिक वर्षका लागि ४४ मुद्दामध्ये यस आर्थिक वर्षलाई जिम्मेवारी सरेका २८ वटा रहेका छन् । जिम्मेवारी सरी आएका मुद्दामध्ये चार वटा मुद्दा यही सातामा फैसला हुने तयारीमा रहेको उनले जानकारी दिए । न्यायका क्षेत्रमा महानगरको न्यायिक इजलास सक्षम रहेको भन्दै उनले कोरोना कहरका कारण भएको निषेधाज्ञाले यस वर्षमा अपेक्षाकृत मुद्दा फैसला गर्न नसकिएको बताइन् ।

उनले भनिन्,“जनतालाई न्याय दिलाउने विषयमा कुनै द्विविधाबिना काम गरेका छौं । जसका कारण अदालतले समेत न्यायिक समितिको निर्णयलाई हुवहु सदर गरेको छ ।” महानगरको आन्तरिक मूल्याङ्कनमा पनि न्यायिक समिति सबै समितिभन्दा अग्रस्थानमा रहेको उनको भनाइ छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *