USAID

माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवद्वारा माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आज बिहान छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

नेता नेपाललाई भेट्न आज बिहान माओवादी अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

त्यस्तै उनीहरुबीच सरकारमा सहभागितका विषयमा समेत छलफल भएको बताइएको छ । नेता नेपाललाई भेटेर प्रचण्ड बाहिरिएलगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भेटवार्ता भएको हो । नेता नेपाललाई भेटेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *