USAID

सरकारमा सहभागी हुने भन्ने समाचारका कुनै सत्यता छैनः उपाध्यक्ष गौतम


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो नाम जोडेर उपप्रधान तथा गृहमन्त्री बन्दै भनी आएका समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

मंगलबार गौतमका स्वकीय सचिव दीपक टमाटाले विज्ञप्ति जारी गरी समाचारमा कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उहाँको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको बताएका छन् । केही दिनयता नेकपा एमालेको माधव नेपाल पक्षको नेतृत्वमा वामदेव सरकारमा सहभागी हुने भन्ने समाचार सार्वजनिक भएका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *