USAID

चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा मृत फेला


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृत फेला परेका छन् । तीमध्ये एउटा बूढो र अर्काे केटा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृत फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताए ।

यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृत फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गडिएको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उनले दुवै प्राकृतिक कारणले मरेको बताए । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गँैंडा मरेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *