USAID

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरको च्यासलमा सोमबार बसेको १० औं केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले स्पटीकरणको पत्र प्राप्त भएपछि कारबाहीको बारेमा निर्णय हुने बताए । त्यस्तै बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय पनि गरेको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको बताएका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ष्ट आन्दोलनको गद्दार भएको आरोपसमेत लगाए ।

यी हुन् देउवालाई मत दिने नेकपा एमालेका २२ सांसद


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *